Aamsanchar

थप २२ सय ९९ जनामा कोरोना संक्रमण, ३४ सय ५१ संक्रमणमुक्त, ३४ को मृत्यु

Author Image
शुक्रवार, असार १८, २०७८

काठमाडौं – पछिल्लो २४ घन्टामा २२ सय ९९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा परीक्षण गराएका १० हजार ५९६ नमूनामा २२ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६५ सय ६६ नमूनाको पीसीआर र ४ हजार ३० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा पीसीआर विधिबाट १३ सय ९१ जनामा र एन्टिजेन विधिबाट ९०८ मा कोरोना संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३४ सय ५१ जना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर