Aamsanchar

चिलीमाथि १–० गोलको जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा

Author Image
शनिवार, असार १९, २०७८

काठमाडौं – चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो । रियोमा भएको खेलमा घरेलु टोली ब्राजिलले दोस्रो हाफको सुरु (४६ मिनेट)मा नै लुकास पिकेटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै गाब्रियल जेसिसले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भयो ।

चिलीले त्यसको फाइदा उठाउने प्रयास गरेपनि सफल भएन र ब्राजिल अन्तिम चारमा स्थान बनाउन सफल भयो । अब उसले पेरुसँग खेल्नेछ । उसले पाराग्बेलाई टाइब्रेकरमा ४–३ पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर