Aamsanchar

शक्तिशाली साइबर आक्रमणबाट अमेरिकामा दुई सय व्यवसाय प्रभावित

Author Image
शनिवार, असार १९, २०७८

काठमाण्डौ – अमेरिकामा शक्तिशाली साइबर आक्रमण भएको छ । झण्डै दुई सय वटा व्यवसाय प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सका अनुसार ह्याकरले मायामीमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए । त्यसपछि कर्पोरेट सफ्टवेयर प्रणालीबाट र्यानसमवेयर आक्रमण फैलिएको थियो ।

कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको र आफ्ना ग्राहकहरूलाई सर्भरहरू बन्द गर्न भनेको बीबीसीले उल्लेख गरेको छ । रुसबाट भएको फिरौती उठाउने साइबर हमलाकारीको समूह रीभीलले आक्रमण गराएको हुनसक्ने हन्ट्रेस ल्याब्सको दाबी छ । सन् २०१९ मा टेक्सासका स्थानीय सरकारहरूमा भएका सङ्गठित साइबर हमलाहरूका लागि पनि रीभील जिम्मेवार रहेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर