Aamsanchar

देशभर २ हजार ३ सय २८ जना कोरोना संक्रमित थपिए, ३ हजार ६६ जना संक्रमणमुक्त

Author Image
शनिवार, असार १९, २०७८

काठमाडौं –देशभर २ हजार ३ सय २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४ दशमलब ३ प्रतिशत पुगेको छ। यो अवधिमा १९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा ३ सय ७६ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २ सय ४६, ललितपुर ८१ र भक्तपुरमा ४९ जना थपिएका मन्त्रालयको तथ्यांक छ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर