Aamsanchar

झापा-५ मा बिरिङ नदीको बहाव उच्च हुँदा तटिय क्षेत्रका बस्ती उच्च जोखिममा

Author Image
शनिवार, असार १९, २०७८

पन्थापाडा-झापा गाउँपालिका-५ पन्थापाडा क्षेत्रमा बिरिङ नदिको बहाव उच्च हुँदा यहाँका ५० घरपरिवार उच्च जोखिममा परेका छन। बिरिङ नदीमा बनाइएको हुलाकी राजमार्गमा निर्माणाधीन पुलको आसपासमा बनाइएको निर्माणाधिन तटबन्धनको उत्तर र दक्षिणी तर्फबाट बिरिङ नदिको पानी पस्दा बस्ती उच्च जोखिममा परेका हुन।’बाँध पूरा भएको थिएन,जनताको तटबन्धनले पुल आसपास ३२० मिटर र हुलाकी राजमार्गले ११० मिटर बाँध लगाइदिएको थियो,अहिले बाँधको फेद र पुच्छर बाट नै नदीको बहाव पस्योञ स्थानिय जनप्रतिनिधि रामप्रसाद दुलालले बताए’बस्ती जोखिममा छन तर घरमा पानी पसिसकेको छैन’।

‘बिहान देखि अबिरल वर्षामा पानीको बहाव केही बढी मात्रामा भएपनी अहिले घट्दै गएको छु टाघनडुब्बा बिओपी प्रमुख सचिन प्रधानले बताएु यहाँका राजबंशी टोल,मेचे गाउँ तथा खयरबारी उच्च जोखिममा छन तर बिस्थापित हुने खालको अबस्था भने छैनु।अहिले पानी पर्न छोडेपछी नदीको बहाव कम भैरहको छ प्रधानले भने हामी तयारी अबस्थामा छौ।’

यस क्षेत्रका अन्दाजी ५० घरपरिवार बाढीको उच्च जोखिममा रहेका छन।’हामी बिहान देखि बाढी जोखिमयुक्त ठाउँमै छौ,पानीको बहाव खेत देखि गइरहेको छ,बस्तीमा पानी पसिसकेको छैन,अहिले पानी घट्ने क्रममै छ शरणामती प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरिक्षक मोहनकुमार तामाङले बताए’ हामी नदीको बहाव बढ्ने बित्तिकै स्थानियलाई सुरक्षित स्थानमा ल्याउन तयारीका साथ बसेका छौ,अहिले यो अबस्था आइसकेको छैन।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर