Aamsanchar

झापाको सुरुङ्गामा अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, ६ जना घाइते

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

झापा । झापाको कनकाई नगरपालिका–३ स्थित नयाँबस्तीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

महेन्द्र राजमार्गमा बिर्तामोडबाट सुरुङ्गा तर्फ आउँदै गरेको कोशी प्र. १–०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

उपचारका क्रममा महिलाको मृत्यु
दुर्घटनामा परी गम्भीर घाइते भएकी हल्दिवारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकालको उपचारका क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागेकी ढकालको दिउँसो ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइतेहरूको विवरण
दुर्घटनामा अटोमा सवार अन्य ५ जना र मोटरसाइकल चालक घाइते भएका छन् ।

हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकालः ओठमा चोट लागेको, अवस्था सामान्य पचाररत ।
हल्दिवारी–३ की ५० वर्षीया हरिमाया ढकालः टाउकोमा चोट, अवस्था मध्यम, हल्दिवारी–३ की ३५ वर्षीया भिमा ढकालः टाउकोमा चोट, अवस्था मध्यम, हल्दिवारी–३ का १३ वर्षीय रोजन ढकालः भित्री चोट, अवस्था सामान्य, हल्दिवारी–५ का १३ वर्षीय प्रदीप नेपालः भित्री चोट, अवस्था सामान्य त्यसैगरी मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय चन्द्र बहादुर खत्री (मोटरसाइकल चालक)  भित्री चोट, अवस्था सामान्य उनिहरको उपचार बीएण्डसी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चालक र सवारी प्रहरी नियन्त्रणमा
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी–३ बस्ने ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको प्रहरीले जनाएको छ।

Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर