Aamsanchar

कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव

Author Image
आइतवार, असार २०, २०७८

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढ्नेछ ।

लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बोर्डको प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुनेछ । शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्ने निर्णय नगरेकोले परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सीसीएमसीबाट हुने मन्त्रालयले जनाएको छ । यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर