Aamsanchar

गैरआवासीय नेपाली संघद्वारा इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान

Author Image
मङ्गलवार, असार २२, २०७८

इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

आज इटहरी अस्पतालमा एक कार्यक्रमका विच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो ।

इटहरी उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल,प्रेस संयोजक लिलाराज भटटराई र इटहरी अस्पताल इमरजेन्सी ईन्चार्ज रामकुमार धमलाले एउटै वाट दुइजनाको उपचारमा सहयोग पुग्ने कन्सन्ट्रेटरवाट इटहरी अस्पतालको उपचार सेवामा सहयोग पुग्ने वताउनुभयो ।

एनआरएनएको तर्फवाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिन एन वरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन हस्तान्तरण हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर