काठमाडौं – नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बसिरहेको छ । सिंहदरबारमा सुरु भएको बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ । यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए ।
“कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीको विषयमा पनि छलफल भयो । अदालतको फैसलापछि जसरी नेकपा (एमाले) पुनर्जीवित भएको छ । अब, त्यसपछि संगठनका सम्पूर्ण कामहरूलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा भएका छलफलहरूको बारेमा पनि कुराकानी भयो,” कार्यदल सदस्य भीम रावलले भने, “पार्टी पुनर्जीवित भइसकेपछि संगठनका विषयमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।”
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63