Aamsanchar

लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ द्वारा ‘सर्भिस विक’ मा ९ कार्यक्रम

Author Image
बिहिवार, असार २४, २०७८

विराटनगर । लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ ले एक हप्तामाविभिन्न ९ वटा सेवामूलककाम गरेको छ ।

डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि ७ तारिकलाई सर्भिस विक घोषणा गरेकाथिए । सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ ले ७ वटा कार्यक्रम गर्नुपर्ने थियो । तर, सो अवधिमाआफूहरुले ९ वटा कार्यक्रम गरेको जोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

लायन्स क्लवले विराटनगर स्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्रिजाँच, बालिका स्कुलमा २ सय वटा वृक्षारोपण, मानवसेवाआश्रममै २० हजार बराबरको मास्क र सेनिटाइजर वितरण तथा ४ लाखमूल्य बराबरको चामल प्रदान गरेको थियो ।

यस्तै क्लवले रक्तदान कार्यक्रम, वेट चेकअपक्याम्प तथा ब्लड प्रेसर जाँच जस्ता कार्यक्रम गरेको लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ काजोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर