Aamsanchar

भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको निधन

Author Image
बिहिवार, असार २४, २०७८

झापा- झापा भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको मृत्यु भएको छ । कोरोना संक्रमित अग्रवालको उपचारको क्रममा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ ३१ गते मेची अस्पताल भद्रपुरमा अग्रवालको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणबाट उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते भारतको सिलिगुडी लगिएको थियो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो । बुधवार दिउँसो स्वास्थ्य अवस्था फेरि जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेको केही घण्टामै उनको मृत्यु भएको जानकारी चिकित्सकले आफन्तलाई गराएका थिए । उनी झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए ।

६२ बर्षीय अग्रवाल व्यवसायसँगै समाजसेवामा समेत उत्तिकै अग्रसर थिए । मोहपाल धर्मशाला समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर आदि बनाउन उनले ठूलो सहयोग गरेका थिए । उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगानी रहेको छ । पारिवारिक स्रोतका अनुसार अग्रवालको आजै दिउसो स्थानीय मेची नदीमा अन्त्येष्टि गरिने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर