Aamsanchar

भद्रपुर जेसीजले स्थापनाको ४६ औं बर्षमा पहिलो पटक दिवस मनायो

Author Image
बिहिवार, असार २४, २०७८

भद्रपुर । भद्रपुर जेसीज आफ्नो ४६ औं स्थापना दिवस मनाएको छ।

भद्रपुर जेसीजका अध्यक्ष  खिलनाथ पाण्डे (निकास) को अध्यक्षता र प्रदेश १ सांसद ओम सरावगीको प्रमुख आतिथ्यतामा बिहिबार भद्रपुर जेसीजले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो ।

भद्रपुर जेसीजले  संस्थापक उपाध्यक्ष कृष्ण दाहाल र संस्थापक सदस्य ओम सरावगीलाई सम्मान पनि गरेको छ ।

कार्यक्रमममा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरु उज्ज्वल श्रेष्ठ , जय तिम्सिना, लोकनाथ भट्टराई, किरण कुमार शर्मा, अभिषेक ढुंगाना, भद्रपुर जेसीजले मातृत्व प्रदान गरेको शाखा वीरता जेसीजका अध्यक्ष राजिब धिमाल, अनुज खतिवडा, निबर्तमान अध्यक्ष डिल्लिराम पोखरेल, सम्मानित व्यक्ति कृष्ण दाहालले शुभकामना मन्तव्यको क्रममा भद्रपुर जेसीजले कोभिडि महामारीको बेला पोजेटिभको घरघरमा भद्रपुर जेसीज कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र अन्य गतिविधीहरु पनि समाजमा लागि उपलब्धी मुलकका रहेको भन्दै  प्रशंसा गरेका थिए ।

अध्यक्ष निकास पाण्डेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने जेसीज आस्था बाचन भद्रपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष रमेश कार्की र जेसीज मिसन भिजन भद्रपुर जेसीजका अर्का कार्यकारिणी उपाध्यक्ष आरिफ अलिले बाचन गरेका थिए ।

कार्यक्रममा युवराज न्यौपानेले स्वागत र कार्यक्रमको संचालन भद्रपुर जेसीजका महासचिव मनोज भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)