Aamsanchar

मोरङमा ओली पक्षले सदस्यता नवीकरण सुरु गरेपछी नेपाल पक्षको आपत्ति

Author Image
शुक्रवार, असार २५, २०७८

बिराटनगर –मोरङमा नेकपा एमाले अध्यक्ष केपी ओली पक्षले पार्टी एकताको भावना विपरीत सदस्यता नवीकरण सुरु गरेको छ । केन्द्रमा पार्टी एकताको प्रयास भइरहँदा मोरङमा ओली पक्षले पार्टी सदस्यहरुको सदस्यता नवीकरण सुरु गरेको प्रति वरिष्ठ नेता माधव नेपाल पक्षले आपत्ति जनाएको छ ।

पार्टी संरचना जेठ २ मा फर्किने विषयमा सहमतिको खोजी भइरहेका बेला एकपक्षीय रुपमा ओली पक्षले सदस्यता नवीकरण सुरु गरेको नेपाल पक्षका नेता महेश रेग्मीले बताए। एकताको वातावरण बिथोल्ने कामको सुरुवात मोरङबाट हुन थालेको उनको भनाइ छ । रेग्मीले अहिले नेकपा एमालेको नाममा भएको निर्णय अवैधानिक भएका बताए ।

जेठ २ को संरचनामा रहेर पार्टीको बैठक समेत नबसेको अबस्थामा एकतर्फी रुपमा सदस्यता नवीकरणको प्रकृयालाई अगाडि बढाउने निर्णयले पार्टीलाई एकतावद्ध बनाउने बिषयमा समस्या उत्पन्न गर्ने उनले बताए । नेता रेग्मीले केन्द्रमा वार्ता र छलफल भइरहेको बेला हतारमा एकताको प्रयासलाई भाँड्ने गरी पार्टीको गतिविधिलाई अगाडि बढाउने काम त्रुटिपूर्ण रहेको बताए ।

यस्ता निर्णयले एकताको वातावरण बनाउने भन्दापनि भाँड्न मद्दत पुग्ने रेग्मीको भनाइ छ । एमाले मोरङमा माओवादी केन्द्रसँग एकता पूर्व २३ हजार पार्टी सदस्य थिए । माओवादीसँग एकता गरेपछि ३६ हजार पार्टी सदस्य पुगेका थिए । २०७२ सालमा भएको जिल्ला अधिवेशन पछि कसैको पनि पार्टी सदस्यता नवीकरण गरिएको छैन । माओवादी र एमालेलाई अदालतको फैसलाले अलग गराइ दिएपछि एमालेसँग कति सदस्य कायम छन् भन्ने यकिन विवरण पनि छैन ।

नेकपा एमालेले प्रति वर्ष २४० रुपैयाँका दरले सदस्यता नवीकरण शूल्क लिने गरेको थियो । अहिले पार्टी सदस्यता नवीकरण गर्दा हरेक सदस्यले एकमुष्ट १ हजार ६४० रुपैयाँ तिर्नुपर्छ । केन्द्रीय सर्कुलरको समेत जानकारी गराउँदै एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्धारित समयभित्र सदस्यता नवीकरण तथा अधिवेशनहरू सम्पन्न गर्न निर्देशन दिएका छन् । पालिका कमिटीका अध्यक्ष र सचिवहरु समेतको सहभागिता रहेको बैठकले पार्टी सदस्यता नवीकरण साउनको १० गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो । गत शनिबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्ने निर्णय गरेको थियो ।

साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई एमालेको निर्देशन छ । आसन्न भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने एमालेको कार्यतालिका छ ।

समानान्तर कमिटी गठनमा तीव्रता

केन्द्रमा नेकपा एमालेको विवाद समाधानको प्रयास भएपनि मोरङमा भने समानान्तर गतिविधिले तीव्रता पाएको छ । मोरङको बेलबारीमा बिहीबार बसेको माधव समुहले २ सय ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ । एमाले बेलबारीका पुराना नेता पीपी थापा मगरको संयोजकत्वमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन् । इन्चार्जमा राजेश बस्नेत र सह इन्चार्जमा शकर गुरुङ रहेका छन् ।

कमिटी २२ गते नै गठन गरिएको र केही प्राविधिक समस्याका कारणले आज मात्रै सार्वजनिक गरीएको नव गठित कमिटीका सचिव कोइरालाले बताए । जिल्ला कमिटीको निर्देशन अनुसार गठन गरिएको जनाइएको छ । नव गठित कमिटीले भने समानान्तर कमिटी नभई कमिटीलाई पुनस्गठन गरेको जनाएको छ ।

लामो समयसम्म कमिटीबारे चलायमान भएका थिएन, अध्यक्ष पीपी थापा मगरले भने,’चाँडै नै पदाधिकारीले वडा कमिटीहरु बनाउँछौँ ।’ ओली समुहले समेत एकलौटी यसअघि नै कमिटी बनाइसकेको छ

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर