Aamsanchar

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ

Author Image
शनिवार, असार २६, २०७८

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। मोरङ पथरी शनिश्चरे नगरपालिका-१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो। साह सप्तरीका हुन्। साहविरूद्ध जबरजस्ती करणी मुद्दामा पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। साह र पीडित बालिकाको परिवार एउटै घरमा भाडामा बस्दै आएका थिए।

साहले आफूलाई आँखाको डाक्टर भन्ने गरेका छन्। तर, उनी डाक्टर हुन् होइनन् भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घरमा नभएको बेला साहले ती बालिकालाई अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। बालिकाले परिवारलाई सुनाएपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले डाक्टरलाई पक्राउ गरेको थियो। बालिकाको स्वास्थ्य परीक्षणपछि साहलाई जबरजस्ती करणीमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर