Aamsanchar

ओली र नेपालबीच भेटवार्ताको तयारी

Author Image
सोमवार, असार २८, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। आज बस्ने स्थायी कमिटी बैठक अगाडी दुई नेताबीच भेटवार्ता हुने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। नेम्बाङका अनुसार अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेर भेटका लागि प्रस्ताव गर्ने र त्यसपछि भेटको समय तय हुने छ।

नेता नेपाललाई भेटेपछि आज स्थायी कमिटी बैठक पनि बस्ने नेम्बाङले बताए। आजको स्थायी कमिटी बैठकमा गएराति एकता विवाद समाधानका लागि बसेको कार्यदलको बैठकले गरेका सहमती पत्रको अनुमोदन गर्ने नेता नेम्बाङको भनाइ छ। अध्यक्ष ओलीले भोलिका लागि एमाले केन्द्रीय कमिटी पनि बोलाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर