Aamsanchar

ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै, एमाले स्थायी कमिटी बैठक स्थगित

Author Image
मङ्गलवार, असार २९, २०७८

काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

तामाङका अनुसार थप छलफल गरेर स्थायी कमिटी बैठक फेरि बस्ने छ । हिजो सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश सुनाए पछि बसेको स्थायी कमिटी बैठकमा अनौपचारिक छलफल भएको थियो ।

आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक निर्णय गर्ने भनिए पनि बैठक स्थगित भएको छ । यस्तै, आजको बैठकमा पार्टीको विवाद समाधानका लागि गठन भएको कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न तयारी पनि थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर