Aamsanchar

प्रधानमन्त्री संगै चार मन्त्री पनि नियुक्त

Author Image
मङ्गलवार, असार २९, २०७८

फोटो श्रोत : रातोपाटी

झापा । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संगै चार जना मन्त्रीहरु  पनि नियुक्त भएका छन् ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले राष्ट्रपति विद्ययादेवी भण्डारीबाट शपथ लिए संगै चार मन्त्रालयको लागि मन्त्रीहरुलाई पनि नियुक्त गरिएको हो ।

नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर