Aamsanchar

एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारीमा प्रचण्ड, माधव र बामदेव एक ठाउँ

Author Image
बुधवार, असार ३०, २०७८

काठमाडौं। देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारी भएको छ । एकीकृत कम्युनिस्ट पार्टी गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले तयारी थालेका हुन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड, नेपाल र गौतमबीच विभिन्न चरणमा छलफल भइसकेको छ । उनीहरुले वृहत कम्युनिस्ट पार्टी गठनको खाका तयार गरेका छन् । सकेसम्म नेकपा एमालेको ओली खेमालाई पनि समेटेर पुनः पार्टी एकीकरणको प्रयास थाल्ने विषयमा पनि कुराकानी भएको बुझिएको छ । त्यसका लागि गौतमले अन्तिम प्रयास गर्ने बुझिएको छ ।

ओली समूह एकतामा आउने सम्भावना न्यून छ । त्यस्तो अवस्थामा पनि माओवादी केन्द्र र एमालेको नेपाल र गौतम समूह मिलेर एकीकृत कम्युनिस्ट पार्टी गठन गरेर बढ्नेबारे लगभग सहमति बनिसकेको बुझिएको छ ।

उपचारका क्रममा रहेको एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि नेपाल र प्रचण्डले सम्पर्क गरिरहेको बुझिएको छ । उनी पनि वृहत कम्युनिस्ट पार्टी बनाएर जाने पक्षमा रहेको बुझिएको छ ।  साभार : रिपोटर्स नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर