Aamsanchar

आफ्नै घरभित्र महिला बलात्कृत

Author Image
शुक्रवार, साउन १, २०७८

रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी छन् । प्रहरीका अनुसार देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गएराति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी गरेका हुन् । राति करिब १२ बजेको समयमा कुर्मी ती महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताए ।

महिलाले गुहार मागेपछि राकेश राउत कुर्मी फरार भएको प्रहरीको भनाइ छ । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको तथा आरोपित कुर्मीको खोजी भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

केहीदिन अघिमात्र देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा करणी आरोपमा पक्राउ परेका थिए । आफ्नै गाउँकी एकजना विवाहित दलित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर