Aamsanchar

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह स्थगित

Author Image
शनिवार, साउन २, २०७८

बिर्तामोड । प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ ।
सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै पुरस्कार समारोह स्थगित गरेको हो ।

झापालगायत देशभर कोरोना संक्रमण दर बढिरहेको र प्रशासनले सभा सम्मेलनमा रोक लगाएका कारण कार्यक्रम केही समयका लागि सारिएको सङ्गठनका सचिव उद्धव पुरीले जानकारी दिए । प्रशासनले साउन ७ गतेसम्म झापामा निषेधाज्ञ जारी गरेको छ ।

क्रान्तिकारी विचारधाराका पत्रकार देवकुमार आचार्य (डी.कौडिन्य) लाई समाचार लेखेकै कारण तत्कालीन शाही सेनाले २०५९ साउन ७ गते चारआली व्यारेकमा हत्या गरेको थियो । उनैको सम्झनामा सङ्गठनले पुरस्कार स्थापना गरेको हो । परिस्थिति सहज बनेपछि सङ्गठनको आगामी बैठकले पुरस्कार वितरण समारोहको मिति तय गर्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर