Aamsanchar

देउवाले विश्वासको मत लिने प्रस्ताव दर्ता भयो संसद् सचिवालयमा

Author Image
आइतवार, साउन ३, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ। विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराइसकेका सभामुखको सचिवालयले जनाएको छ।

आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिन लागेका हुन्‌। ​प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि संसदमा प्रतिनिधि गरिरहेका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्। प्रतिनिधिसभा बैठकअघि कांग्रेसको संसदीय दलको बैठक दिउँसो २ बजे बस्दैछ। पार्टी सत्तामा गएपछि अबको संसदीय भूमिका, विश्वासको मत लिन पार्टीमा ह्वीप जारी गर्ने तथा सरकारलाई प्रभावकारी बनाउने लगायत विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच सत्ता सहयात्री दलहरूसँग भएको छलफलका आधारमा आजै विश्वासको मत लिने तयारी भएको देउवानिकट एक नेताले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर