Aamsanchar

माधव नेपाल समूह आन्तरिक छलफ‍लमा, प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने

Author Image
आइतवार, साउन ३, २०७८

काठमाडौं – नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको हो ।

माधव समूहका एक नेताका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट आजै निर्णय लिइने उनले बताए । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी पार्टी ९जसपा० र एमालेको माधव समूहको साथ आवश्यक छ । यसअघि माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आश्वासन दिइसकेका छन् ।

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ । आजकै बैठकबाट प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर