Aamsanchar
Adv top
Adv below_nav

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं –नेकपा माओवादी केन्द्रको आज स्थायी कमिटीको बैठक बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी दिए। बैठकमा पछिल्लो समसामयिक राजनितिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने बताइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सन्चालनका लागि साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन्।

सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दलहरूका सरकारमा सहभागिताका विषयमा पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो। माओवादी केन्द्रबाट सरकारमा कति जना जाने भन्ने टुंगो लागि सकेको छैन। यस अघि बसेको केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने जिम्मा दिए पनि कति मन्त्रालय पाउने भन्ने यकिन नभएकोले अरु थप मन्त्री पठाउने विषयमा निश्चित भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।