Aamsanchar

खुकुरी प्रहारबाट एक वृद्धको हत्या

Author Image
बुधवार, साउन ६, २०७८

उदयपुर- त्रियुगा नगपालिका–८ उत्तराई टोलमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने ६५ वर्षीय मोहिकर चौधरी रहेका छन्। प्रहरीका अनुसार बुधबार बिहान ५ बजे बिहान चौधरी र त्रियुगा–१३ का ४५ वर्षीय किसन सदाबीच विवाद भएको थियो। त्यही क्रममा सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए।

घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य सुरु गरेको छ। चौधरीको हत्यामा संलग्न खुकुरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर