Aamsanchar

कोरोनाको तेस्रो लहर आउने मन्त्रालयको चेतावनी

Author Image
बिहिवार, साउन ७, २०७८

काठमाडौं – सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन र शैय्याालगायत सेवाहरुको तयारी गर्न स्वास्थ्य संस्थालाई आग्रह गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।

निषेधाज्ञा खुकुलो हुँदा संक्रमण बढेको र संवेदनशील भएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि मन्त्रालयले सबै सर्वसाधारणलाई आग्रह गरेको छ। विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन,शैय्या‍लगायत सेवाहरू चुस्त दुरुस्त राख्नुहुन अनुरोध छ।’ मन्त्रालयका अनुसार हाल काठमाडौं,भक्तपुर,ललितपुर,झापालगायत १० जिल्लामा पाँच सय भन्दा बढी कोरोनाको सक्रिय संक्रमित रहेका छन्।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर