Aamsanchar

कनकाई नगर र अर्जुनधारा–८ मा निषेधाज्ञा जारी

Author Image
शुक्रवार, साउन ८, २०७८

कनकाई । झापाको कनकाई नगरले सबै वडा शिल गर्ने भएको छ । कोरोना भाईरस संक्रमितको संख्या बढन थालेको भन्दै साउन ९ गते राती १० बजे देखि साउन १६ गते सम्मको लागि सबै वडाका बजार, चोक र टोल बन्दाबन्दी (शिल) गर्नु पर्ने भएको नगरपालिकाले विज्ञप्ती मार्फत जानकारी गराएको हो ।

भोलीबाट हुने लकडाउनमा नगर क्षेत्र भित्रका अत्याआश्यक बस्तु बाहेक सबै पसलहरु बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यसैगरी बन्दाबन्दी भर नगरपालिका र वडा कार्यालयबाट दैनिक रुपमा हुदै आएको सेवाहरु पनि बन्द हुने र अत्याआश्यक काम भने सुचारु गरिने पालिकाले जनाएको छ ।

कोरोना संक्रमण बढेकै कारणले अर्जुनधारा नगरपालिका वडा नम्बर–८ ले पनि लकडाउन जारी गरेको छ । शनिस्चिरे बजार र सो क्षेत्रको आसपासलाई लक्षित गरेर लकडाउन गर्नु परेको वडा कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । शनिस्चरे बजार भने आज राती १२ बजेबाट १५ गते सम्म पूर्ण लकडाउन हुने भएको हो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)