Aamsanchar

काँकडभिट्टा ईलाका प्रहरीमा यस बर्ष धेरै घटना दर्ता

Author Image
शनिवार, साउन ९, २०७८

मेचीनगर। मुलुक अहिले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थामा छ । एक ठाउँबाट अर्काे ठाउँ जान निक्कै हम्मे हम्मे छ । प्रहरीको चेक जाँच निक्कै कडा छ । तर, यस्तो हुदाँहुदैं पनि इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आपराधिक घटना भने बढेका बढ्यै छन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा यस कार्यालय मातहतका क्षेत्रमा विभिन्न अपराधका १ सय ४८ वटा घटना दर्ता भएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्ष २०७६/ ०७७ को तुलनामा २६ वटाले वृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाउछ । त्यो वर्ष १ सय २२ वटा घटना दर्ता भएका थिए । कार्यालयमा खासगरी ज्यान सम्बन्धि कसुर, सवारी ज्यान सम्बन्धि कसुर, मानव बेचविखन सम्बन्धि कसुर, मानव शरिरको अंग प्रत्यारोपण सम्बन्धि कसुर, करणी सम्बन्धि कसुर, चोरी तथा डाका कसुर, लागूऔषध सम्बन्धि कसुर, ठगी विश्वासघात तथा अपाराधिक लाभ एक्सर्टन सम्बन्धि कसुरलगायतका अपराधका घटना दर्ता भएका छन् ।

यो अवधिमा सवैभन्दा बढी लागूऔषध सम्बन्धि कसुर सम्बन्धिका ४८ वटा घटना दर्ता भएका थिए । यसमा ४६ वटा फस्र्याेट भएका कार्यालयले जनाएको छ । यो कसुरमा ५६ पुरुष ६ महिला र ४ बालबालिका गरी ६६ जना संलग्न रहेका थिए । अझै पनि लागूऔषध सम्बन्धि कसुरका १० पुरुष र १ महिजागरी ११ जना फरार रहेका छन् ।

कार्यालयले दिएको जानकारी अनुसार ज्यान सम्बन्धि कसुरमा सवैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छ । गत एकवर्षको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाक्षेत्रमा ३२ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । विष सेवन गरेर ३, आगो लगाएर र डुबेर १-१ जनाले आत्महत्या गरेका थिए । पानीमा डुवेर १ तथा भवितव्य ज्यानका ५ वटा घटना समेत गत आर्थिक वर्ष २०७७/ ०७८ मा दर्ता भएका थिए । सवारी ज्यान सम्बन्धि कसुर कसुर अन्तर्गत सवारी ज्यानका ३ र सवारीबाट अंगभंगका १ गरी ४ वटा घटना भएका थिए । मानव बेचविखनका २ वटा घटना भएका थिए भने करणी सम्बन्धि कसुर अन्तर्गत सवैभन्दा बढी जवरजस्ती करणी उद्योगका ५ ,जवरजस्ती करण्ीका ४ वटा घटना गत आर्थिक वर्ष २०७७/ ०७८ मा दर्ता भएका थिए । यसैगरी, हाडनाता करण्ीका १ र बालयौन दुरुपयोगका ५ वटा घटना भए । चोरी तथा डाका कसुरमा चोरीका ३ तथा चोरी उद्योगका १ गरी ४ वटा घटना भए । ठगी विश्वासघात तथा अपाराधिक लाभ एक्सर्टन सम्बन्धि कसुर अन्तर्गत ठगीका १ , सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्घको कसुर अन्तर्गत अभद्र व्यवहारका २५ वटा घटना भएका छन् । विवाह सम्बन्धि कसुर सम्बन्धि अन्तर्गत बहुविवाहको एउटा घटना दर्ता भएको थियो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगरको १ देखि ८ नम्वरसम्मका वडाको शान्ति सुरक्षा गर्नुपर्दछ । मेचीनगरको ९ देखि १५ नम्वर वडासहित बुद्धशान्ति गाउँपालिकाको १ देखि ७ नम्वर वडा इलाका प्रहरी कार्यालय धुलावारीले हेर्ने भए पनि ठुल्ठुला अपराधका घटना भए ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले हेर्ने गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर