Aamsanchar

सहरा नेपाल ज्ञानेचोक सेवाकेन्द्रद्वारा ११ लाख भन्दा बढी ऋण मिनाह

Author Image
शनिवार, साउन ९, २०७८

भद्रपुर । झापाको भद्रपुर स्थित ज्ञानेचोकमा रहेको सहार नेपाल (साकोस)को सेवाकेन्द्रले दिवंगत भएका ३ जना सदस्यहरुको ११ लाख ६८ हजार ऋण मिनाह गरेको छ ।

भद्रपुर नगरपालिका गौरीशंकर स्थित पूर्णिमा सहारा महिला समूह नं.३४ की दिवंगत सदस्य सीतादेवी दाहालको ८ लाख ६८ हजार रुपिँया ऋण मिनाह गर्दै मृतककी आमा तिलरुपा दाहाललाई आज एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको हो ।

दाहालको ३ महिना अगाडी घाँस काट्न जानेक्रममा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । त्यसैगरी भद्रपुरकै लगनशिल सहारा महिला समुह नं. ६९ की सदस्य भगवती थापा आलेको श्रीमान् विमलसिंह आले मगरको निधन भएकोले श्रीमतीले लिएको २ लाख रुपिँया ऋण सहाराले मिनाह गरिदिएको छ । भद्रपुर–४ मा रहेको लक्ष्मीनगर सहारा महिला समूह नं. १०८ की सदस्य सीतादेवी दाहालको श्रीमान् कमलबहादुर बस्नेतको मृत्यु भएर एकल बनेकी सीतादेवीले लिएको १ लाख रुपैया पनि आजै मिनाह गरिएको सेवाकेन्द्रका कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिए ।

सेवाकेन्द्र प्रमुख सुदिप खड्काको अध्यक्षतामा आयोजित ऋण मिनाह कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि श्रेष्ठले भने ‘सहारा नेपालले सदस्यहरुलाई दिने गरेकोे सेवा सुविधा प्रसंशानिय रहेको छ । म पनि सहाराको सदस्य हुँ मैले पनि सहराबाट सेवा प्राप्त गरेको छु । सहरा नेपाल सदस्यहरुमा मात्र होईन समुदायमा पनि सहारा बनेको छ, यस बर्ष सहारा नेपाल संगको सहकार्यमा १ करोड बरावरको विपन्न आवास कार्यक्रम भद्रपुर नगरपालिकामा हुदैछ ।’

लघुवित्त मार्फत लाखौं महिलालाई सहकारी अभियानमा डोर्याउदै उद्यमी र सवलम्बी बनाउदै देशकै उत्कृष्ट मध्येको एकमा पर्न सफल सहारा नेपाल ग्रामिण क्षेत्रलाई प्रार्थमितामा राखेर प्रदेश १ को ६ वटा जिल्लामा आफ्ना कार्यक्रमहरु प्रवाह गर्दै आएको छ ।

सहारा नेपालले महिला सदस्य मात्र होईन श्रीमान्को निधन हुँदापनि परिवारमा ऋणको भार नपरोस् भनेर ऋण मिनाह गर्दै आएको छ । दिवंगत सदस्यले लिएको ऋण रकममा त्यतीनै रकम थपेर परिवारलाई उपलब्ध गराउने गरेको सेवाकेन्द्र प्रमुख सुदिप खड्काले बताए ।

कार्यक्रममा सहारा नेपाल अनुगनम अधिकृत गोमा बस्नेत, भद्रपुर–२ का कार्यवहाक वडाध्यक्ष सिताराम अधिकारी, भद्रपुर नगर प्रमुखका प्रेस सल्लाहकार गोमा बराल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर