Aamsanchar

देशभरको कोरोना अपडेट

Author Image
आइतवार, साउन १०, २०७८

काठमाडौं ।  नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ भने २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका २ हजार ६८० जनामध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर