Aamsanchar

यसरी भयो बिर्तामोड लकडाउन गर्ने निर्णय

Author Image
आइतवार, साउन १०, २०७८

बिर्तामोड ।    बिर्तामोड नगरपालिका साउन १३ गते बुधबार राती १२ बजेदेखि शिल हुने भएको छ ।

कोरोना संक्रमितको संख्या दैनिक ५० जना भन्दा बढी थपिन थालेपछि नगरपालिकामा आईतबार बसेको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिको बैठकले नगरपालिका क्षेत्र साउन २० गते बुधबार राती १२ बजे सम्मको लागि शिल गर्ने निर्णय गरेको हो ।

बैठकले १३ गते भित्र अतिआवश्यक बस्तुहरु व्यवस्थापन गर्न अनुरोध गरेको छ ।यस्तै समिति गरेका अन्य निर्णयहरुमा नगरपालिका तथा सबै वडा कार्यालहरुबाट प्रवाह गरिने सेवाहरुमा अतिआवश्यक बाहेक सबै बन्द गर्ने,कोभिड –१९को रोकथाम र उपचारको लागि निजि स्वास्थ्य संस्थाहरुसंग समन्वय गरि प्रभावकारी बनाउने,कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारको लागि सम्पुर्ण राजनैतिक दल,निजि क्षेत्र,नागरिक समाज,स्थानिय प्रशासन,संचार माध्यम र नगरवासी लगायत सम्पुर्ण क्षेत्रबाट सहयोग गर्न आवहान गर्ने,कोभिड –१९को परिक्षणको दायरालाई फराकिलो पार्ने,नगरपालिका क्षेत्र भित्र स्वास्थ्य कर्मचारीलाई कोभिड रोकथाम,उपचार र नियन्त्रणमा अझ प्रभावकारीरुपमा परिचालन तथा व्यवस्थापन गर्ने रहेको छ ।

यस्तै बैठकले होटल,रेष्टुरेञ्ट,सिनेमा हल,स्वीमिङ्ग पुल,मनोरञ्जन स्थल,शैलुन जिमखाना,व्युटी पार्लर लगायत सम्पुर्ण पसल बन्द गर्ने,समुहमा खेलीने खेलकुद बन्द गर्ने,सभा सम्मेलन,जुलुस,गोष्टि तालिम,धार्मीक कार्यक्रम जस्ता कार्यक्रम तत्काल नगर्ने नगराउने,अतिआवश्यक पर्ने दुध,दुग्दजन्य पदार्थ,साग सव्जी,माछा मासु,खाद्यन्न,औषधी र औषधीजन्य पदार्थ,कृषिजन्य पसलहरु,पेट्रोलियम पदार्थ वारुण यन्त्र,एम्बुलेन्स,शव वहान,फोहोर मैला व्यवस्थापन,पशु र पंक्षीलाई आवश्यक पर्ने आहार,इन्टरनेट,केवल र सञ्चारमाध्यम बाहेकका सवारीसाधनहरु पुर्ण रुपमा निषेध गर्ने,नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सबै सरकारी संस्थान तथा वित्तिय संस्थाका कार्यालयहरु पुर्णरुपमा बन्द गर्ने र संघिय सरकारको निर्णय अनुसार त्रिभुवन विश्व विद्यालय र शिक्षण संस्थाहरुबाट संचालन हुने परिक्षा स्वास्थ्य सम्बन्धि मापदण्डको पुर्ण पालना गरि तोकिएको केन्द्रहरुमा सञ्चालन गर्न दिइने जनाईएको छ ।

कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिको संयोजक तथा नगरप्रमुख धुर्वकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश १ का सांसद एकराज कार्की,पूर्व राष्ट्रिय सभा सदस्य डिल्लीप्रसाद सिटौला,बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद दाहाल,विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी,वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने,इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्य,सशस्त्र प्रहरी वेस क्याम्प शनिश्चरेका प्रमुख प्रहरी निरिक्षक हरिभक्त निरौला,जिल्ला ट्राफिक प्रहरी कार्यालयका राजकुमार बस्नेत,नेपाल औषधी व्यवसायी संघका महासचिव जिवनकुमार खड्का विभिन्न राजनितिक दलका प्रतिनिधि तथा सबैवडाका वडाध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बिर्तामोडमा आइतबारमात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नगरपालिकाको तथ्याङ्क अनुसार हालसम्ममा कुल ३ हजार ४३५ जनामा संक्रमण भएको छ भने ५३ जनाले ज्यान गुमाईसकेका छन् ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर