Aamsanchar

आफ्नै छोराको कुटपिटबाट घाईते भएका ८५ बर्षीय बुबाको मृत्यु

Author Image
सोमवार, साउन ११, २०७८

ईलाम- इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ ।

गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा आईतबार राती ९ बजे मृत्यु भएको हो ।

कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर