Aamsanchar

निर्वाचन आयोगबाट (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षललाई

Author Image
सोमवार, साउन ११, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ ।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि अर्को पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ ।

Views: 413

प्रतिक्रिया (०)

सम्बन्धित खबर