Aamsanchar

आज हल्दिवारीमा थपिए १५ कोरोना संक्रमीत

Author Image
मङ्गलवार, साउन १२, २०७८

हल्दिवारी । हल्दिवारी गाउँपालिकामा आज एकैदिन १५ जना कोरोना संक्रमीत थपिएका छ्न ।

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी अनुसार आज ५७ जनाको एन्टिजिन परिक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

उनका अनुसार वडा नम्बर १ का १० जना र वडा नम्बर २ का ५ जनामा कोरोना पुष्टि भएको हो ।

हल्दिवारीमा कोरोनाको दोस्रो लहर शुरु भए यता ४४८ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै ९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने ३९८ जना निको भएका छ्न । हाल ४१ जना सक्रिय संक्रमितहरु विभिन्न अस्पताल ,हल्दिवारीको आईसोलेसन केन्द्र तथा होम आईसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

 

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर