Aamsanchar

झापामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढयो

Author Image
मङ्गलवार, साउन १२, २०७८

बिर्तामोड । झापामा फेरि संक्रमितको संख्या बढेको छ । मंगलवार मात्रै झापामा थप ३१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापामा अनुसार ४ जना संक्रमितले ज्यान गुमाएका छन् । त्यसमध्ये १ जना पथरीका छन् । उनको दमकमा उपचारको क्रममा निधन भएको छ ।

बिर्तामोड,कमल र शिवसताक्षीमा १र१ जना संक्रमितले ज्यान गुमाए । २ जना संक्रमितको विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३२ पुगेको छ ।

बिर्तामोडमा मात्रै मंगलवार ५६ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित हुनेहरुमा बिर्तामोड लगायत दमक, मेचीनगर,शिवसताक्षी रहेका छन् ।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर