

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयकाअनुसार अहिले देउवासहित कांग्रेसका नेताहरु प्रचण्डसँग छलफलबालुवाटार छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाकाअनुसार आज गठबन्धनको बैठक नभइ शीर्ष नेताहरुको अनौपचारिक छलफल रहेको बताए।

दुई नेताको छलफलमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ। यसअघि हिजो बिहान बसेको बैठकमा जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।
Views: 167

