झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा दैनिकजसो विशाक्त धूवाँ फैलिने गरेको छ ।
अस्पतालका सफाई कार्मचारीहरुले विरामी राख्ने ठाउँ भन्दा करिव ३० मिटर नजिकमै प्लाष्टिक, औषधीका बट्टा र सुई लगायत विभिन्न हानिकारक रसाईन भएका सामाग्रीहरु जलाउने गर्दा अस्पलात परिसर विशाक्त धूवाँमय बनेको हो ।
त्यसैपनि सफाइमा राम्रो ध्यान नदिएका कारण अस्पताल परिसर दुर्घन्धित बन्ने गरेको गुनासोहरु आईरहेको बेला शैया नजिकै फोहोर जलाएका कारण आँखा पोल्ने र सासफेर्न मुस्किल हुने गरेको अस्पतालमा उपचार गराउदै रहेका विरामीहरुले आमसंचारलाई बताएका छन् ।
अस्पतालका पूर्वाधार सम्बन्धी मापदण्डहरु बनेको छ । मापदण्डमा अस्पताल क्षेत्र धूवाँ, धूलो, ध्वनि, जल तथा जमिन प्रदुषणबाट मुक्त हुनुपर्ने उल्लेख छ । तर मेची प्रादेशिक अस्पताल भद्रपुरमा धूवाँ, धुलो सफाईमा भने ध्यान नदिएको पाईएको छ ।
धूवाँको कारण झ्याल बन्द गरेर बसेका विरामी कुरुवाहरु ।
‘सरकारी अस्पतालमा उपचारका लागि जानेहरु प्राय विपन्न, सोझासिधा नागरिकहरु पुग्ने गर्छन किनकी उनिहरुको आर्थिक पहँुच कम्जोर भएकाले निजी अस्पतालमा उपचार असम्भव जस्तै भई सकेको छ ।’ ‘यता सरकारी अस्पतालको व्यवस्थापन फितलो छ, उपकरण अभाव भएपनि वातवरण त राम्रो बनाउन सकिन्छ, किन यसरी हेलचेक्राई गरेको, के विपन्न वर्ग बोल्न र गुनासो राख्न सक्दैनन भन्दैमा यस्तो लार्पवाही त गर्नु भएननी’ भन्दै अस्पतालमा विरामी भेटन पुगेका पुकार बरालले अस्पलातमा यस्तो धूवाँ फैलाउने काम बन्द गरिनु पर्ने धारणा राखेका छन् ।
यही विषयमा आमसंचार डटकमले अस्पतालका अध्यक्ष सोम पोर्तेललाई अस्पताल परिसरमा विशाक्त धूवा फैलिएको सेवाग्राहीबाट गुनासो आएको छ, यो कुरा के हो भनेर प्रश्न राख्दा ‘हामिले नजिकै फोहोर नजलाउन भनेका छौं । यदी त्यस्तोे भएको भए अब देखि यस्तो कार्य नहुने प्रतिवद्धता जनाउछु ।’ पोर्तेलले थप्दै भने ‘फोहोर जलाउने मेशिन तयार हुदैछ, केही दिन भित्रमै बाहिर खुल्ला ठाउँमा फोहोर जलाउने काम सधैको लागि बन्द हुन्छ ।’