Aamsanchar

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

Author Image
शुक्रवार, साउन १५, २०७८

काठमाडौँ — जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ ।

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारीको माग गरेका छन् । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को साउन ११ गते आधिकारिकता दिएको थियो । आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको हो । रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

 

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर