Aamsanchar

चार दिनदेखि बढेको सुनको भाउ आज घट्यो

Author Image
आइतवार, साउन १७, २०७८

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ आज यथावत रहेको छ । शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटबढ नभएको महासङ्घले जनाएको छ ।

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२