Aamsanchar

अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मरासिनीलाई

Author Image
आइतवार, साउन १७, २०७८

काठमाण्डौ – सरकारले मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रकको जिम्मेवारीमा रहनुभएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्को बैठकले अहिले अर्थसचिव रहनुभएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर मरासिनीलाई अर्थमा तानेको हो । मरासिनीले यसअघि लामो समय अर्थ मन्त्रालयमै रहेर काम गर्नुभएको छ । यस्तै यसअघि उहाँले लुम्बिनी प्रदेशको मुख्यसचिवका रूपमा पनि काम गरिसक्नुभएको छ ।

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२