Aamsanchar

जुम्लिया दुई छोरी र आमाको हत्या गर्ने पूर्णबहादुरलाई आजीवन कैद सजाय

Author Image
सोमवार, साउन १८, २०७८

गुल्मी – गुल्मी जिल्ला अदालतले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा गर्ने बाग्लुङको गल्कोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ। २०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी-३ कन्काई घर भई पोखरामा बस्दै आएकी ३२ वर्षीया शिवमाया लिम्बु र उनका सात वर्षीय जुम्लिया छोरी गंगा र जमुनाको हत्या गरेको कसुरमा सुनारलाई अदालतले सजाय सुनाएको हो।

न्यायाधीश राधाकृष्ण उप्रेतीको सुनारलाई आजीवन कैद सजायको फैसला गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए। सुनारले शिवमाया र उनका छोरीहरुलाई गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौरमा रहेको जंगलमा हत्या गरेका थिए। हत्यामा उनका भाइ हर्कबहादुर सुनार र एक नाबालकको पनि सहायता लिएको प्रहरीले जनाएको छ। हर्कबहादुर फरार छन्। नाबालकलाई एक वर्षको कैद हुने गरी फैसला भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर