Aamsanchar

आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

Author Image
मङ्गलवार, साउन १९, २०७८

काठमाडौं – वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको निर्वाचन आयोगले दर्ता खारेज गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै चुरे भावर लगायतका ४१ वटा दलको दर्ता खारेज भएको जनाएको हो। चुरे भावर पार्टी संविधानसभामा सांसद र मन्त्री बनाएको पार्टी हो।

खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत आयोगले गरेको छ। जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न सम्बन्धित निकायमा लेखेर पठाइएको छ। दर्ता खारेज भएका दलका पदाधिकारीहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने निर्णय आयोगले गरेको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर