कोभिड-१९ कोरोना ले संसारलाई चुनौती दिएसगै नेपालको राजनीतिक नै फेरिदिएको छ । भौगोलिक रुपमा नेपाल भुपरिवेस्टिक देश हो । अन्य बिकासित देशको तुलनामा निक्कै पछि मात्रै नेपालमा कोरोनाको संक्रमण देखापरेको हो । नेपालीहरु बिदेशबाट फर्किदा वा सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीबाट संक्रमण फैलिएर आजसम्म आउँदा निकै मानवीय क्षति हुदै आएको छ । संक्रमण फैलिनु भन्दा सुरुवातमा सरकारको ढिलासुस्ती, बिदेश नीतिनुसारको समन्वयका पहल, नागरिकप्रतीको उत्तरदायित्वमा चासो नदिएकै कारण संक्रमणले तीब्र रुप लिएको हो । तत्कालीन सरकारले नागरिकको स्वास्थ्यउपर थोरै भएपनि चासो दिएर संक्रमण फैलिन नदिएको भए आज तीन करोड बढी नेपालीको स्वास्थ्यबस्था जोखिमपुर्ण बन्दैनथ्यो । संक्रमण फैलिने बिषयलाई तत्कालीन सरकारले सवाधानीका साथ रोक्ने गतिलाई मात्रै निराकरण गरिदिएको भए आज दसौं हजारले स्वास्थ्य गुमाउनुपर्दैनथ्यो । निराकरणको नीति नै बनौने बिषयनै सरकारलाई पहाड बन्यो । कोरोना भित्रिदा रोकथामको पहल गर्न सरकारले आल्टाल गरेको अवस्थालाई नियालेर कतिपय बिस्लेषकले सरकारले आफ्नो अतित्व नै बिक्री गरेको आरोप समेत लगाएका थिए । तर, आफ्नो पहुँच खाली हात मात्रै भएको सचेत नागरिकले विचारबाहेक सरकारलाई खबरदारी गर्न सक्छ र ?
कोरोनाको सकसले मारमा परेका नागरिकको दैनिकीप्रती चिन्तित नहुनु, संक्रमणबाट मृत्युबरण गरेकाको परिवारलाई राहत प्रवाह नगर्नु, संक्रमण न्यूनीकरणबारे भन्दा राजनीतिक खेलोमा लाग्नु, प्रत्यक्ष असर परेका नागरिकको ब्यबसाय, उधोग, यातायात, कृषि, रोजगार, पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न उचित ब्यबस्थापन गर्न नसक्नु नै सरकार वा स्थानीय निकायको कमजोरी हो ।
सरकारी सम्यन्त्र होस् या जनप्रतिनिधि सबैले नै कोरोना विरुद्धको अभियानमा कुनै चासो दिएको पाइएन । कहिले टोल बन्द, कहिले वडा बन्द, कहिले नगर बन्द, कहिले जिल्ला बन्द त्यसमा पनि सवारी साधन खुल्ला, बजार बन्द, भारतीय सिमा खुल्ला तर जिल्लाको सरकारी कार्यालय बन्द, खाद्यान्नको पसल खुल्ला, अन्य पसल चै बन्द यस्तो प्रवृर्तिको गतिविधिले कोरोना नियन्त्रण हुन सक्ला त रु कोरोना नियन्त्रणको सबै प्रक्रिया नै यिनै हुन् त ?
प्रहरी सबै नागरिकलाई सुरक्षा दिने सारथि हो । सरकारले कोरोना रोकथामका लागि प्रहरीलाई नै खटाएको छ । गाउपालिका, नगरपालिकाका जनप्रतिनिधिले श्रमजिवि, पेशा- ब्यबसाय गर्ने नागरिकलाई बन्द हुँदा । गर्दाको पीडाबारे चासो नदिएको गुनासो आम नागरिकको छ । आआफ्नो श्रम नै बन्द हुँदा नागरिकलाई पीडा त भएकै छ त्यसमा दैनिकी चलाउने बिषय नै पहाड बन्दै आएको छ । ठुल-ठुला पहुच पुगेका उधोगी(ब्यापारीलाई कच्चापर्दाथ आयात गर्ने सिमामा छुट दिइदै आएको छ । ससाना उधोग, ब्यापारमा बन्दको प्रभाब परेको छ । पुर्वी नाकाबाट दिनहुँ भन्सार एजेन्ट, सशस्त्र प्रहरी, नेपाल प्रहरी, घुमुवा प्रहरीको सेटिङमा दिन र रातमा भारतबाट ठूलो परिणाममा सामान नेपाल भित्र्याउदै आएको छ । नाका पुर्ण रुपमा बन्द भनिएपनि तस्करी शैलिमा हुनेगरेको राज्यका निकायको मनोमानीले सिधाशोझा नागरिकको मनमा सुरक्षा निकायमाथी प्रश्न उठाउदै आएका छन् । नेपालमा २०७७ चैत महिनामा भारतियसंग लेनदेन गरेकै कारण ८ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भएको घट्नाबाटै प्रहरी ‘संरक्षक’ मात्रै होइन ‘भक्षक’ पनि हुन् भन्न अनुचित नहोला । औषधि उत्पादन गर्नसक्ने नेपालले कोरोना खोप बनाउन नसक्ला त ? जुनसुकै काम गर्दा परनिर्भरताको सोच राख्ने, बिदेशसमक्ष लमपसार पर्ने भएकाले मेरो जनती पुस्ताको पालमा पनि उहीँ ‘लम्पसार नेपाल’ नै हुने होकि भन्ने चिन्ता मात्रै हो । नेपाल बहु प्रकारका औषधि, जरिबुट्टीय गुण भएको देश हो । त्यसैले यहाँ सरकारले बिदेशबाट खरिद गरेर भित्र्याउने औषधिको मूल्य बराबर नेपाली डाक्टरलाई प्रोत्साहन गर्ने हो भने ‘नेपाली खोप’ बिदेशलाई बिक्री गर्न सक्ने सामर्थ राख्न सकिन्थ्यो । नेपालमा जति कार्यरत डाक्टर छ्न्, त्यो भन्दा दुई गुणा बढी औषधि उत्पादन गर्न सक्ने डाक्टर, बैज्ञानिकहरु बिस्वका विभिन्न बिकाशीत मुलुकमा कार्यरत छ । ती बिदेशमा रहेका डाक्टरलाई नेपाल सरकारले प्रोत्साहन गरि औषधि र खोप उत्पादन गर्न लगाउने हो भने परनिर्भर बन्नु पर्दैनथ्यो ।
तथ्यांकले तिनकरोड, एकदशक यताको जनसंख्या करिब चार करोड बढी नागरिकलाई खोप किन्दा पर्ने लागतको केही प्रतिशत प्रोत्साहनमा खर्च गरे नेपालले गर्व गर्ने बिषय, इतिहास नै हुनेथ्यो ।
स्वास्थ्यको सवालमा काम गर्दै आएको जनस्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सवन्मय गरेर अघिबढ्ने हो भने वास्तविक नेपालले नेपालकै रुप ग्रहाण गर्नेथ्यो । नेपालको अर्थतन्त्रको झन्डै आधा रकम बर्सेनि औषधि, खोप लगायतमा बिदेशीने गरेको छ । नेपालमै उत्पादन सम्भब भए त्यो रकम नेपालमा उत्पादनमुलक बिषयमा प्रयोग गर्न सकिन्थ्यो । सरकारले आफ्ना नागरिकको समस्या समाधान गर्न नसक्ने त हुदैहोइन । तर, नेपालमा स्थिर राजनीति नहुदा चै सरकारले गतिलिएर काम गर्न सकेको छैन वा कमिशनको प्रलोभनले गर्न नखोजेको हो ? यसै भन्न सकिने अबस्था छैन । भुपरिवेष्टिक देश नेपालले चाहेको वा यहाँको सरकारले चाहेको खण्डमा जस्तोसुकै काम गर्न पाउने, कुनैपनी देशले रोक्न छेक्न मिल्दैन । तर, ससाना निर्माण, खाध्यन्न आयात, लगायतका बिषयलाई आफ्नै भुमिमा ब्यबस्थापन गर्न नसक्दा छिमेकीसमक्ष गुहार माग्नुपर्ने अवस्थाकै कारण नेपालले छिमेकी देश भारत, चीन लगायतसंग गुहारिरहनुपर्ने अबस्थामा आएको हो ।
जबसम्म स्वादेशमै उत्पादन गरेर आत्मनिर्भरमुखी बन्न सक्दैन तबसम्म बिदेशिको पाउ धुनुपर्ने, उसको इसारामा सधैं धुलमुले हुनुपर्ने अबस्था आएको हो । कमिशनको लोभले आफ्नो देशको अमुल्य बस्तुलाई प्रयोग गर्न नखोज्नु अतिआवस्यक बस्तु बिदेशबाट भित्र्याउन लम्पसार पर्नुले नै नेपाली राजनीति पनि स्थिर हुन नसकेको हो । नेपाली राजनीतिमा बिदेशीको हात छ भनिन्छ । हो पनि । बिदेशीको हात प्रशस्तै छ । किनकि हामी नेपाली परनिर्भर छौ । हाम्रो भान्सादेखि शौचालयसम्ममा हेर्नुस् । ती सबै प्रयोग भएका बस्तु प्रायस् बिदेशिनै छ्न् । अनि चाहिने बस्तु चै बिदेशी चलाउने, अनि नेपालको राजनीति चै बिदेशिले चलाउन नहुने रुरुरु यसलाई नै भनिन्छ । (खाल्टो खन्ने र पछि आफै पस्ने) काम नेपाली राजनीतिले गरेको छ । अहिले भौगोलिक अबस्थामा नेपालभन्दा सानो देश भुटानले नेपाललाई कोरोनाको खोप निशुल्क दिने भन्ने सन्दर्भले चर्चा पाएको छ । गर्दा र लागीपार्दा के सानो को ठुलो भन्ने हुँदैन । भुटानले आफ्नै लगानीमा उत्पादन गरेको खोपको सान बिस्वसामु देखाउन, हल्लाह गर्न पनि नेपाललाई खोप उपलब्ध गराउन चाहेको हो । नेपालको भन्दा झन्डै आधा अर्थतन्त्र भएको देशले गरेको यो अभ्यासप्रती त्यहाँका नागरिकका लागि बढो खुसी र गर्वको बिषय हो ।
भोटका लागि मात्रै नागरिकमान्ने तर, नागरिकलाई आवश्यक पर्ने बस्तुका लागि चाहिँ बिदेश ताक्ने गैरजिम्मेवारपन, नागरिकप्रतिको दायित्वबोध नभएको नेपालको सरकारिपन नै हो । पुराना उत्पादन गर्ने उधोग(कलकारखानाहरु बन्द गर्ने, जिबनमा लाखौ करदातालाई बिदेश पलायन हुन बाद्य पार्ने, उत्पादनमुखीभन्दा कमिशनमुखीमा ध्यान दिने, उत्पादनको बिषयमा कुनै अभ्यास नै नगर्ने सरकारले प्रत्येक पलमा नागरिकको अस्तित्व पनि बिदेशलाई बेचेको आभास हुन्छ ।
विकसित राष्ट्रमा आफ्नो उत्पादनलाई प्रोत्साहन गर्न, बिदेशी बस्तुलाई निरुत्साहित गर्ने नीतिनै बनाइएको हुन्छ । ती देशका नागरिक पनि सिमित कर र उचित मुल्यमा उपभोग गर्न पाउँदा स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्दैआएका छ्न् । ती देश निकै अर्थतन्त्रले धनी, बिकासको गतिले पनि बिकाशित छ्न् । नेपालले चै त्यसको ठिक उल्टो सिको गरेको छ । स्वादेशी उत्पादन नगर्नु र बिदेशबाट आयातित बस्तुमा चर्को कर लगाएर नागरिककै ढाड सेक्ने काम गर्ने गरेको छ । नेपाल सरकारको यस्तै कार्यशैलीले नेपालले बिकासको रुप फेर्न सक्ला भन्ने सकिन्दैन । यी नै कारणले बाल र वृद्ध अबस्थाको बासस्थल जस्तै बन्न थालेको छ नेपाल । उमेर, शिक्षा, योग्यता, श्रममा दक्ष युवा पुस्ता भने बिदेसिको बिकास निर्माणको सहयात्री बन्न पुगेका छ्न् । उनीहरुको उमेर र बैंश सबै बिदेशमै खेर जान्छ । नेपाल फर्किदा बुढेस्काल हुन्छ । यता नेपालको उर्वर भुमीमा कृषिजन्य उत्पादन गर्न जनशक्तिको अभाव हुँदैआएको छ ।
त्यसैले अझै बिग्रिहालेको अबस्था भने छैन । सरकारले नयाँ र भरपर्दो अनि दीर्घकालीन साझा नीति निर्माण गरि सबै क्षेत्रलाई उत्पादनमुखी बनाउन कम्मर कसेर लागिपरे नयाँ पुस्ताले आफ्नो भविष्य नेपालमै बनाउने दुईमत छैन । अनि मात्रै कोरोना नियन्त्रणका लागि बिदेशले खोप देला अनि लाउला भन्दै बिदेशीको मुख ताक्नुपर्ने अबस्थाबाट मुक्त हुन सकिन्थ्यो कि ???