Aamsanchar

अबदेखि कोरोना खोप लगाएको प्रमाणपत्र जिल्ला अस्पतालबाटै

Author Image
बुधवार, साउन २०, २०७८

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाई पत्र पठाएर त्यहीँबाट खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको जनाइएको छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर