Aamsanchar

घरको पर्खालले किचेर झापामा एकजनाको मृत्यु

Author Image
बिहिवार, साउन २१, २०७८

झापा-  झापामा घरको पर्खाल भत्काउने क्रममा सोही पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं. २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा मिस्त्री काम गर्ने सोही ठाउँका ३५ वर्षिय रुपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको हो ।

आज बिहान ९ बजे घरको वाल भत्काउने क्रममा अचानक घरको वाल ढल्दा सोही वालले किचेर सिंह घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगेकोमा उपचार हुन नसकी थप उपचारको लागि बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसा २।५ बजे मृत्यु भएको हो । लाश अस्पतालमै रहेको र कानुनी प्रकृया तथा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 366

प्रतिक्रिया (०)

सम्बन्धित खबर