Aamsanchar

३ दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

Author Image
बिहिवार, साउन २१, २०७८

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपलिका–२२ की ११ वर्षीया बालिका सुनिता सुनार ३ दिनदेखि बेपत्ता छिन्। घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै लगेर सुनारलाई बेपत्ता बनाएको सिमरा प्रहरीले जनाएको छ। घटनामा संलग्नको आरोपमा सिमरा प्रहरीले बालिकाको मामाको छोरा पर्ने गणेश विकलाई पक्राउ गरेको छ।

विकले विवाह गर्न भनेर लिएर गएको महिलाले बालिकालाई बेपत्ता बनाएकोले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। अनुसन्धानको क्रममा हेटौंडा–११ ठेगाना खुलेको अन्दाजी १८/१९ वर्षकी विमला मगर नाम बताउने किशोरीले साउन १९ गते मंगलबारबाट बालिकालाई बेपत्ता बनाएको डिएसपी कुँवरले बताए। उनले हेटौंडा लगायत विभिन्न स्थानमा बालिकाको खोजी भइरहेको बताएका छन्।

कसरी हराइन् बालिका?

प्रहरीले पक्राउ गरेको गणेश विक पेसाले सहचालकको काम गर्छन्। सोही क्रममा उनले केही दिनअघि चितवनको मुग्लिनमा खाना खाने क्रममा ती महिलालाई भेटेका थिए। आफूले दुई दिनदेखि खाना नखाएको भन्दै ती महिलाले खाना मागेपछि विकले आफूले पकाएको खाना ती महिलालाई पनि दिएका थिए।

खाना खाएपछि ती महिलाले अमलेखगञ्ज जान हिँडेका विकलाई आफू पनि त्यतै जाने भन्दै साथ लागेकी थिइन्। डिएसपी कुँवरको अनुसार दुईदिनसम्म ती महिला र विकसँगै बसेका थिए। त्यसपछि विकले ती महिलासँग विवाह गर्ने भन्दै साउन १८ गते बालिकाको घरसँगै रहेको बालिकाको ठूलीआमा पर्नेको घर महिलालाई लिएर गएका थिए। सो दिन उनीहरु बालिकाकै घरमा बसेको प्रहरी नायव उपरिक्षक कुँवरको भनाइ छ।

भोलिपल्ट अर्थात १९ गते मंगलबार बिहान ११ बजेतिर महिलाले बालिकालाई पसल लैजान्छु भन्दै लिएर गएकी थिइन्। तर हालसम्म उनले बालिकालाई घर नफर्काएको र उनी आफैँ पनि बेपत्ता भएको कुँवरले बताए। महिलालाई लिएर गएका विक भने सिमरा प्रहरीको थुनामा छन्। बालिका बेपत्ता भएकै दिन ती महिलालाई बालिकासँगै उनको छिमेकीले हेटौंडाको बसपार्कमा पनि देखेको हुनाले मकवानपुर प्रहरी र सिमराको प्रहरी टोलीले बालिकाको खोजी गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर