Aamsanchar

भुटानले नेपाललाई दिएको खोप आइपुग्दै

Author Image
शुक्रवार, साउन २२, २०७८

काठमाडौं – भुटानले नेपाललाई दिएको तीन लाख डोज एस्ट्रजेनका खोप आज नेपाल आइपुग्दै छ। भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयर खोप लिएर बिहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ। उक्त खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका महानिर्देशक प्राध्यापक आरपी विच्छाले जनाकारी दिए।

कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्। भुटानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि बाँकी खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका नेपाललाई दिन लागेको हो। एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप हुन्।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो। भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने भएको हो।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर