

झापा । झापामा थप एक साताका लागि लकडाउन थपिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले शनिवार मध्यरातिदेखि साउन ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले समितिको निर्णयानुसार आज निषेधाज्ञा थप भएको छ ।

थप भएको लकडाउनमा विहान ७ देखि १० बजेसम्म कृषि तथा खाद्यान्न पसल खोल्न दिइने भएको छ ।
Views: 392

