Aamsanchar

झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा

Author Image
शुक्रवार, साउन २२, २०७८

श्रीमतीको साथमा प्रकाश शर्मा ।

चारपाने । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २, चारपानेका प्रकाश शर्मा विगत ३ बर्ष देखि ओछ्यानमा थलिएका छन् । १५ बर्ष देखि सामान्य रुपमा वाथ रोगबाट सुरु भएको उनको बिग्रदो स्वास्थ्य क्रमस् कमजोर हुदै गयो । परिवारको गुजरा जलाउनु उनको मुख्य दाहित्व भएकाले दवाई खादै राजमिस्त्री मजदुरी गर्दै आएका शर्मालाई वाथको दवाईनै विष सावित भएर दवाईको नकारात्मक असरका कारण घुडाको पाङग्रा र कम्मरमुनीको मुख्य दुईवटा हड्डी खिएर कामै नलाग्ने भएर हाल कम्मरदेखि तलको अंग चल्न छोडेपछि उनि थलिएका हुँन ।

आर्थिक अबस्था अत्यन्तै कमजोर भएकै कारणले रोग निधान हुनेगरिको उपचार गर्न सकेका छैनन् । विपन्न वर्गका शर्मा असक्त भएर थलापर्दा आफूमात्र होईन उनिसंग आश्रित बुवा,आमा, श्रीमती र दुई छोराहरु विचल्लीमा परेका छन् ।

उपचार पाउने आसमा रहेका प्रकास ।

जीवन धन्नको लागि हिजोका दिनमा गर्दै आएको मजदुरी पेशाबाट पनि स्वाथ्यको कारणले टाढा रहनु परेपछि शर्माको घरमा कयौं समस्याहरु आई परेको छ । ६ जनाको परिवारलाई आवश्यक खाध्यन्न समेत अभाव भए पछि स्थानियहरुकोे पहल र सहगोगमा खाद्यय सामग्रीहरु केही हदसम्म जोहो भएको छ तर उनको उपचार गर्न सघाउने दताहरु भेटिएका छैनन् ।

भएको ५ धुर जग्गा बैंकमा राखेर तिनबर्ष अघि भारतको भेलोरमा उपचार गराउन भएका थिए । त्याहाँ उपचार गर्न १० लाख भारु लाग्ने बताईए पछि खर्च अभावमा उपचार नगरी स्देश फर्किए । भेलोरको अस्पतालमा स्वास्थ्य चेकजाच, आउने जाने क्रममा बैंकबाट लिएको ऋण ३ लाख पनि सकियो अब कसरी उहाँलाई बचाउनु हामि कसरी बाच्नु भन्दै उनकी श्रीमतीले वेदना पोखेकी छन् । उनि भन्छिन ‘भगवान बनेर दाताहरु आईदिए हुन्थ्यो’ उनले सबै संग सहयोगको याचना समेत गरेकी छन् ।

बैंकमा धितो राखिएको प्रकाशको घर ।

‘प्रकाश शर्माले उपचार पाउने हो भने पुनः उनलाई सामान्य अबस्थामा ल्याउन सकिन्छ काम गरेर खान सक्ने बन्छन् ।’ ‘उनको उपचारमा कृतिम हड्डी (स्टिल) लगाउनु पर्छ, ठुलो अप्रेसन गर्नु पर्र्छ’ सबै खर्च करिव १५ लाख जति लाग्ने हार्डजोर्नी विशेषज्ञ प्रेमबहादुर साहीले बताएका छन् ।

भर्खर परिपक्क हुदै आफ्नो जीवनलाई परिवार र समाजको लागि प्रयोग गर्दै आएका कर्मशिल ३२ बर्षे युवा यसरी उपचार अभावमा ओछ्यानमा लडिरहेको दृष्यले सबैको मन भयवित बनाउछ । उनको घर र परिवारलाई हेर्दा झन दयाँ पलाएर आउने अबस्था रहेको छ । प्रकाश शर्मालाई उपचारमा सबैले सकेको सहयोग गर्ने हो भने उनि पुन तन्दुरुस्त र बाच्ने थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
राम्रो र मिठो सेलरोटी कसरी बनाउने ?
शुक्रवार, कार्तिक १६, २०८१