Aamsanchar

बैंकिङ कसुर मुद्धामा फरार बिर्तामोडकी एक महिला पक्राउ

Author Image
सोमवार, साउन २५, २०७८

झापा । बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका वडा नंम्बर ९ मा बस्ने बर्ष ३६ की गायत्री भंगोड पक्राउ परेकी छन् ।

उच्च अदालत बिराटनगर ईलाम ईजलासबाट २०७६ पुष २३ गतेको फैसला अनुसारबैंकिङ कसुर मुद्धा शिर्षकमा कैद तथा जरिवाना फैसला भएपछि फरार रहेकी भंगोडलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

भंगोडलाई अदालतले ११ दिन कैद र ८ लाख जरिवाना तोकेको छ । प्रतिवादी भंगोड ११ दिन न्यायिक हिरासतमा बसेर ५० हजार धरौटी बुझाएकी थिइन् भने जरिवाना तिर्न नसक्दा उनि पक्राउ परेकी हुँन् ।

 

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर