Aamsanchar

मुख र गुप्ताङ्गमा कपडा कोचिएको अवस्थामा शव फेलापरेकी किशाेरीकाे पहिचान खुल्याे

Author Image
मङ्गलवार, साउन २६, २०७८

उदयपुर – एक साताअघि राजदेवी सामुदायिक वनमा विभत्स रुपमा शव भेटिएकी किशोरीको पहिचान खुलेको छ । गुप्ताङ्ग र मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएकी शव त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको रहेको प्रहरीले जनाएको छ ।

एक साताअघि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिएनन् । प्रायजसो आफन्त र साथीको घर गइरहने भएकाले प्रहरीमा खबर नगरिएको बताइएको छ । मृतक चौधरीले प्रयोग गर्ने मोबाइलाको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । मोबाइल भेटिए अनुसन्धानमा सहज हुने उहाँको भनाइ छ ।

प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको प्रहरी प्रमुख गौतमले जानकारी दिनुभयो । प्रहरीले शव भेटेको नौ दिनपछि मात्र पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर